(१) दफा ४ बमोजिम कायम भएको सङ्गठन संरचना तथा कर्मचारी
दरबन्दीमा कर्मचारी समायोजन गर्दा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह र सोभन्दा
माथिका कर्मचारीको हकमा नेपाल सरकार तथा अन्य कर्मचारीको हकमा सेवा सञ्चालन
गर्ने निकायले सेवा, समूह वा उपसमूहको मिल्दो समान पदमा समायोजन गर्नेछ ।
(२) दफा ६ बमोजिम कर्मचारीलाई सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा
समायोजन गर्दा समायोजन हुने सरकारी कर्मचारीको शैक्षिक योग्यता र नोकरी अवधि
समेतका आधारमा तह मिलान गरी समायोजन गरिनेछ ।
(३) दफा ४ को उपदफा (५) बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको लागि
कर्मचारीको दरबन्दी स्वीकृत भएको मितिले छ महिनाभित्र उपदफा (१) बमोजिम कर्मचारी
समायोजन गर्नु पर्नेछ ।
(४) यस ऐन बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएको कर्मचारी
समायोजन भएको तहमा कार्यरत रहँदासम्म सोही तहप्रति र प्रचलित कानून बमोजिम
बढुवा वा सरुवा भई अर्को तहमा पदस्थापन भएमा पदस्थापन भएको तहप्रति नै उत्तरदायी
हुनेछ ।
(५) उपदफा (३) बमोजिम समायोजन हुनुपूर्व कुनै सरकारी कर्मचारी प्रदेश वा
स्थानीय सेवाको कानून बमोजिमको सेवा शर्त तथा सुविधा लिने गरी प्रदेश वा स्थानीय
तहमा समायोजन हुन चाहेमा यस ऐन बमोजिम समायोजन गर्न सकिनेछ ।
(६) यो ऐन प्रारम्भ हुँदाका बखत व्यवस्थापिका–संसद सचिवालयमा कार्यरत
व्यवस्थापिका–संसद सेवाका कर्मचारी सङ्घ, प्रदेश वा स्थानीय तहमा समायोजन हुन
चाहेमा निजहरुको शैक्षिक योग्यताको आधारमा सङ्घीय वा प्रदेश निजामती सेवा वा
स्थानीय सेवाको मिल्दो सेवा वा समूहको पदमा मन्त्रालयले समायोजन गर्नेछ ।
((७) कर्मचारी समायोजन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।